सूचना अब एकद्वार प्रणालीबाट, पत्रकारलाई तीन प्रकारका प्रवेश पास !

काठमाडौं । न्यायापालिकाले अदालतको सूचना सम्प्रेषण एकद्वार प्रणालीबाट गर्ने गरि निर्देशिका ल्याउन लागेको छ । न्यायपालिकाको सूचना तथा सञ्चार निर्देशिका, ०७६ को प्रस्तावित मस्यौदामा ‘पत्रकारले प्रवक्ता तथा सूचना अधिकारीबाट मात्र आवश्यक सूचना संकलन गर्नुपर्ने छ’ भन्ने व्यवस्था राखिएको छ ।

त्यसका लागि सर्वोच्च अदालतमा एकजना राजपत्रांकित प्रथम श्रेणीको अधिकृत र उच्च तथा जिल्ला अदालतमा अधिकृतस्तरको कर्मचारीलाई प्रवक्ता तोक्ने गरि मस्यौदा तयार गरिएको छ । मस्यौदामा प्रवक्ताले गर्ने काम पनि तोकिएको छ । जसमा अदालतको कुनै कामकारवाही वा निर्णय सार्वजनिक गर्नुपर्ने वा जानकारी गराउनुपर्नेमा प्रवक्ताले प्रेस विज्ञप्ति वा पत्रकार सम्मेलन गर्नेछन् । 

प्रकाशित मिति: : 2019-10-27 17:05:58

प्रतिकृया दिनुहोस्