बेपत्ता श्रीमतीको पर्खाइमा १५औं दसैं

काठमाडौं- दसैंको अनौठो मौसमले सहरलाई कुत्तकुत्याई रहेको छ। धेरैले काठमाडौं छाडे गाउँघरका आँगनीमा दशैँ मनाउन। एउटा  प्रौढ अनुहारलाई भने यो माहोलले छोएको छैन। ऊ टेक्ने छैन गाउँघरको आँगन दशैका लागि। उसले गर्ने छैन दशैंका किनमेल। 
‘किन यस्तो ?’ स्वभाविक प्रश्न। 

‘दशा लागेकालाई केको दसैं ?’ खिस्स अनुहार बनाउँदै पातलो जिउडाल भएका अधबैसे प्रश्न मिश्रित जवाफ फर्काउँछ। 

धादिङ  थाक्रे गाउँपालिकाका पर्शुराम कोइराला कलंकीको निर्माणाधीन भवनको द्वारमा रुगिरहेका हुनेछन् दसैंभर। 

 
प्रकाशित मिति: : 2019-10-08 22:06:57

प्रतिकृया दिनुहोस्