सारंगीमा वनको कथा सुनाउने दिलु गन्दर्भको कथा

चितवन : एक हातमा सारंगी अर्कोमा अरबाज। हरेक दिन गाउँदेखि सहरका घर पुग्ने अनि धुन सुनाउने व्यस्तता। पछिल्लो दुई महिनादेखि यसैमा व्यस्त छ कलाकार दिलु गन्धर्वको दैनिकी।

मानिसको भीड देख्यो कि उनी सारंगी बजाउन थाल्छन्। कुनै बेला माया पिरतीको कथा व्यथा सुनाउने दिलु आजभोलि वन र वन्यजन्तुप्रतिको मायाको गीत सुनाउँदै हिँड्छन्। हरेक घरमा पुग्छन् अनि चलेका भाकामा जंगलको कथा सुनाउँछन्। धुनसँगैको उनको गीतले जो कोहीलाई मोहित बनाउँछ। सारंगीको धुनमा उनी चोरी सिकार नियन्त्रणसम्बन्धी ‘वनको कथा’ कथा सुनाउँदै हिँडेका छन्।

प्रकाशित मिति: : 2019-10-08 21:58:10

प्रतिकृया दिनुहोस्