शिक्षा मन्त्रालयका १० जना सहसचिवको सरुवा

फाइल तस्बिर

शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा भएको छ । एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका सहसचिवहरुलाई सरुवा गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयबाट मंगलवार साँझ सहसचिवहरुको सरुवा गर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

उनकाअनुसारविगत दुई महिनादेखि जिम्मेवारीविहीन रहेका वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा पठाइएको छ ।

योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, प्रावधिक शिक्षा महाशाखाका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा,दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, ‘सिएलपीआईयु’का इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा सरुवा गरिएको छ ।

 यस्तै, विष्णु अधिकारीलाई मन्त्रालयबाट शिक्षा विभागमा सरुवा गरिएको छ । बेलायती सहयोगको एउटा इभेन्टमा काम गरिरहेका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी पठाइएको छ ।

चुडामणि पौडेलको शिक्षा विभागबाट विद्यालय पुनर्निर्माण आयोजना इकाइमा सरुवा भएको छ भने खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पठाइएको छ ।

प्रकाशित मिति: : 2019-09-24 20:51:30

प्रतिकृया दिनुहोस्