तिनीहरुको कथा जसले दुर्गाको मूर्ति बनाउँदै मधेश र पहाड जोडिरहेका छन्

सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाका लागि ठूलठूला पंडाल बनाइएका छन्। घटस्थापनाको दिनदेखि त्यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान गरिन्छ। पंडालमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरुपहरु राखिएका छन्। मधेशभर अहिले दुर्गा पूजाको रौनक छ।

यता, काठमाडौंमा पनि पंडाल बनाएर दुर्गा पूजा गर्ने प्रचलन बढ्दै गएको छ। कमलपोखरी, कालिमाटी, गौरीघाट लगायतका स्थानमा धेरैवर्ष अगाडि दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन सुरु भएको थियो। त्यसको निरन्तरता स्वरुप अहिले उपत्यकाका विभिन्न स्थानमा दुर्गा पूजा आयोजना हुँदै आइरहेको छ। टेकु दोभानमा आयोजना भइरहेको 'जय माता दी दुर्गा पूजा'मा मात्रै यसपटक करिब चार लाख भक्तजन आउने विश्वास गरिएको छ। अहिले सबै पंडालहरुमा दुर्गा भवानीको मूर्ति स्थापना भइसकेको छ। पूजाका लागि मूर्ति बनाउने काम चाहिँ मधेशबाट आएका नेपालीहरुले नै गरेका हुन्।

प्रकाशित मिति: : 2019-10-05 10:15:09

प्रतिकृया दिनुहोस्