सुगम पोखरेलको दशैं अनुभव, 'तास खेल्दा पाँच रुपैयाँ हारे पनि रुन मन लाग्छ'

‘वर्षमा दिनमा लैलै

हर्षका दिन यी लैलै

दशैं तिहार चाड र बाड

खुशीले सारा भर्‍यो नि संसार’

गायक सुगम पोखरेलले ८ वर्षअघि रिलिज गरेको यो गीत दशैं लागेसँगै नेपालीको घरघरमा गुञ्जिन थाल्छ। गीतको लोकप्रियतासँगै दर्शकको मागका कारण सुगमको यो गीत हरेक वर्ष दशैंमा आयोजना हुने स्टेज कार्यक्रमहरुमा गाउन छुटाउँदैनन्।

गीतले दशैंमा आफ्नो घर परिवारबाट टाढा रहेका घरपरिवार तथा साथीभाई इष्टमित्रको झल्को दिन्छ। त्यसो त दशैंका गीतहरु गुञ्जिन थालेपछि दशैं आएको आभास हुन्छ। नेपाली फिल्म 'मुग्लान' को 'दशैं आयो' पछि सायद  सबैभन्दा चर्चामा आएको गीत सुगमकै हो।

सुगम पोखरेल दशैंमा स्टेज कार्यक्रमको शिलशिलामा विभिन्न देश पुग्छन्। त्यसैगरी ८ वर्षअघि दशैंकै कार्यक्रमका लागि उनी अमेरिका पुगेका थिए। त्यतिबेला उनले जे देखे, जे महसुस गरे आफ्नो भोगाइलाई उनेर दशैं गीत बनाए।

प्रकाशित मिति: : 2019-10-04 14:01:44

प्रतिकृया दिनुहोस्