प्याजको बीउमा समेत परनिर्भर

तस्बिरः अन्नपूर्ण

प्याज मिसन : बालुवामा पानी

काठमाडौं : नेपाल प्याज र यसको बीउमा परनिर्भर छ। करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आवद्ध हुने मुलुक नेपालसँग प्याजको आफ्नै मौलिक बीउ पनि छैन। प्याजको बीउ र उत्पादनमा राज्यले लगानी नगर्दा नेपालीको भान्छामा बर्सेनि करोडौंको आयातित प्याज मात्रै पाक्छ।

व्यापार घाटामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्याजको उत्पादन वृद्धि गर्न कृषि तथा पशुपन्छी मन्त्रालयसँग ठोस रणनीतिक पनि छैन। यसले गर्दा भारतले विभिन्न वहानामा प्याज निर्यात रोक्दा नेपालीको भान्छा खल्लो बन्ने गरेको छ। यो वर्ष पनि दसैंको मुखमै आएर भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उत्पादनमा जोड नदिँदा नेपालीलाई महँगोमा प्याज उपभोग गर्न राज्यले बाध्यपारेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का पूर्वप्याज वैज्ञानिक डा.कृष्ण पौडेलले आरोप लगाए।

प्रकाशित मिति: : 2019-10-02 06:59:28

प्रतिकृया दिनुहोस्