वैदेशिक रोजगारीमा बेथिति : १४ महिनामा श्रमिकबाट ३ अर्ब ठगी

काठमाडौं- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का  इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग गरे। 

कुवेतमा कमाएर आएको रकम भएकाले प्रमिलाले ६ लाख तिरेर पोर्चुगल जाने सोच बनाइन्। गत वर्षको असोज ४ गते प्रमिलाले ती एजेन्टलाई ४ लाख रकम बुझाइन्। बाँकी रकम भिसा प्रोसेसिङ भइसकेपछि दिने सर्त थियो। 

प्रकाशित मिति: : 2019-10-01 23:46:42

प्रतिकृया दिनुहोस्