भारतले रोकेपछि प्याजमा कालोबजारी, अनुगमनमा भेटियो मूल्य बढाउन लुकाएको प्याज

भारतले रोकेपछि प्याजमा कालोबजारी, अनुगमनमा भेटियो मूल्य बढाउन लुकाएको प्याज

असोज १३, २०७६

काठमाडौं– प्याज निर्यातमा भारतले रोक लगाएपछि नेपाली व्यापारीले प्याजको कालोबजारी शुरू गरेका छन्।आइतवारदेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली व्यापारीले बढी नाफाको लोभमा कालोबजारी शुरू गरेका हुन् ।

प्याज लुकाएर व्यापारीहरूले मूल्य पनि एक दिनमै ३० रुपैयाँभन्दा बढी बढाइसकेका छन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमवार गरेका अुनगमनका क्रममा व्यापारीले प्याजमा कालोबजारी शुरू गरेको पाएको छ । अनुगमन टोलीले कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारीले प्याज लुकाएको भेट्टाएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजारको अर्याल आलु प्याज सप्लायर्सको प्याज गोदाममा अनुगमन गर्दा त्यहाँ २ सय बोरा प्याज लुकाइएको भेटिएको अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-09-30 18:37:17

प्रतिकृया दिनुहोस्