भारतमा चरमपन्थी छिर्ने सूचना, सीमाक्षेत्रमा विशेष निगरानी

तस्बिरः थाहा खबर

असोज १३, २०७६

इनरुवा (सुनसरी) : दशैँ लागेसँगै किनमेलमा सुनसरीका भारतीय नाकामा भीड लाग्ने गर्छ। सीमाक्षेत्रमा हुने भिडभाडसँगै सुरक्षा चुनौती पनि बढ्ने गर्छ।सीमाक्षेत्रमा भारतीय सीमासुरक्षा बल (एसएसबी) ले किनमेलको बहानामा आंतकवादी घुसपैठ हुने भन्दै बोर्डर क्षेत्रलाई सुरक्षाजाँच कडा बनाउँदै आएको छ। 

एसएसबीले नेपालको बाटो हुदै आतंककारी भारततिर छिर्ने सूचना पाएको भनेपछि नेपाल प्रहरीले पनि सुरक्षा व्यवस्था चुस्त पार्ने भएको छ। ठूला चाडपर्व र भारतीय पक्षको आग्रहमा सुनसरी प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था चुस्त राख्न ठूलो संख्यामा जनशक्ति परिचालित गरेको छ। सुनसरी प्रहरीले अपराधका घटना हुन नदिन सादा पोशाकका प्रहरी र ‘डग स्नापिङ’समेत गर्ने भएको हो।

प्रकाशित मिति: : 2019-09-30 18:34:46

प्रतिकृया दिनुहोस्