काठमाडौँमा प्रहरीका लगातार चारवटा अपरेसन : जोगिएला गुमेको साख ?

तस्बिरः रातोपाटी

नागरिकको पहिलो भरोसा प्रहरी प्रशासन नै हो । तर, प्रहरीको भूमिकामाथि नै शंकाको अवस्था सिर्जना हुँदा नागरिकको आशा र अपेक्षा मर्नु अस्वाभाविक होइन ।पछिल्लो समय केही प्रकरणमा प्रहरीले अनुसन्धान गर्न चुकेको र विधिको शासनभन्दा अलग ढङ्गले कामकारबाहीमा उत्रिएका कारण जनविश्वास गुमाएको कतिपयको भनाइ छ ।

दशैंको मिति नजिकिँदै जाँदा काठमाडौँलगायत देशभर सुरक्षा चुनौती थपिँदै गएको छ । विदेशमा रहेका सम्पूर्ण नेपालीहरु दसैंका लागि नेपाल आउने क्रम सुरु भएको छ भने कामका सिलसिलामा शहरबजार पसेकाहरु आफ्नै गाउँघर फर्कन थालिसकेका छन् ।सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई दसैंको सुरक्षा व्यवस्थापनको लागि खटाएको छ । सुरक्षा अधिकारीहरू भने दसैंमा हुने एकाध घटना हुने गरेपनि शान्तिसुरक्षा व्यवस्थापनमा कुनै असर नपुग्ने दावी गर्छन् ।

प्रकाशित मिति: : 2019-09-30 18:29:55

प्रतिकृया दिनुहोस्