कहाँ पुग्यो चीन र भारतबाट आउने रेलमार्ग निर्माण प्रक्रिया ?

तस्बिरः बाह्रखरी

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ्ग असोजको अन्तिम साता नेपाल आउने तयारी भइरहेको छ । सरकारले उनको भ्रमणका बेला रेलमार्ग निर्माणका लागि डीपीआर तयारमा सहमति हुने अपेक्षा गरेको छ । दुई देशबीचको रेलमार्गका बारेमा के तयारी भइरहेको छ त ? रेल विभागका महानिर्देशक बलराम मिश्रले भने,‘‘रेल आउने कुरा अब निश्चित भइसकेको छ । तर, पहिला सडक बनाउने कि रेल कुन प्राथमिकतामा पर्छ त्यो यसै भन्न सकिँदैन । हामी चाहिँ रेल नै प्राथमिकतामा परोस् भन्ने चाहन्छौं ।’’

चिनियाँ रेलको बारेमा अबको प्रतिक्षा भनेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषय भएको नेपाली पक्षको बुझाइ छ । ‘‘हामीले पहिलादेखि नै यसबारेमा चिनियाँ पक्षलाई कुरा राखेका छौं । उच्चस्तरीय भ्रमणका क्रममा यसबारेमा केही हुने अपेक्षा गरेका छौं,’’ महानिर्देशक मिश्रले भने । चीनका विदेशमन्त्री वाङ यीको यही सेप्टेम्बर ८ देखि १० सम्म भएको नेपाल भ्रमणका क्रममा भएको दुई पक्षीय वार्तामा पनि रेल, सडकलगायतका सञ्जालको बारेमा कुरा भएको थियो । 

प्रकाशित मिति: : 2019-09-30 07:12:11

प्रतिकृया दिनुहोस्