एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष आचार्यले उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भएका छन् ।

आचार्यले मंगलबार (२४ सेप्टेम्बर) मा लन्डनमा आयोजित सभामा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नेछन् । अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले यसअघि नै उम्मेदवारी घोषणा गरेका छन् ।

आचार्यले ९ सुत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको कुल आचार्यको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-23 21:06:40

प्रतिकृया दिनुहोस्