सडक निर्माणमा चरम ढिलासुस्ती : करोडौंका आयोजना अलपत्र

तस्बिरः राजधानी

काठमाडौं । ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ । सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।

नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड र अष्टनारायण–शेषमती–लामबगर–काभे्रस्थली सडकखण्ड निर्माण सुरु भएको लामो समयसम्म पनि अलपत्र अवस्थामा छ । समयमै सडक निर्माण नहुँदा घामलाग्दा धुलो र पानी पर्दा धुलोको समस्याले स्थानीय आक्रान्त बन्न गरेका छन् । शेषमती–बोहोराटार सडकखण्ड नगरपालिकाको योजनामा सञ्चालित आयोजना हो भने र अष्टनारायण–काभे्रस्थली केन्द्रीय योजनाअन्तर्गत सडक विभागको योजना हो । नगरपालिकाको मुख्य प्रवेशद्वार र चक्रपथ नजिक पर्ने यी महŒवपूर्ण सडकखण्ड विभिन्न बहानामा अलपत्र बन्दै आएका छन् ।

प्रकाशित मिति: : 2019-09-30 06:59:55

प्रतिकृया दिनुहोस्