दशैंमाथि कालो बादल

तस्बिरः नेपाल समाचारपत्र

काठमाडौं।निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ।

मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ। 

विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम छ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हल्का र मध्यमस्तरको वर्षा गराउने मौसमी गतिविधि अझै बाँकी रहेकाले यसपटकको दशैं हिलोमुक्त हुनेछैन। ‘मौसमी क्यालेन्डरअनुसार मनसुन निस्क्रिय हुनुपर्ने समय हो तर मनसुन कमजोर बनाउने वायु सक्रिय भइसकेको छैन, आइतबार साँझ उहाँले भन्नुभयो– ‘पानीको मात्रा ७०/८० प्रतिशत कम भए पनि मनसुनी बादलले अझै साता/दश दिन छोड्ने संकेत देखिँदैन।’

मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थान आसपासमा रहँदा दक्षिणपूर्वी मनसुनी हावाको प्रभाव वायुमण्डलको तल्लो सतहदेखि माथिल्लो सतहसम्म प्रस्टै देखिएकाले मनसुनी गतिविधि जारी रहने अर्यालले प्रस्ट्याउनुभयो।

प्रकाशित मिति: : 2019-09-30 06:57:23

प्रतिकृया दिनुहोस्