नन्दकृष्णविरुद्ध भोजराजले कानुनी उपचार खोज्ने, जोशी भन्छन् ‘गल्ती भयो’

तस्बिरः देशसञ्चार

काठमाडौँ – देउडा गायक भोजराज भट्टले अर्का गायक नन्दकृष्ण जोशीविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । ‘बम्बै जाने रेल गाडीका पैया गुडनलाग्या’ बोलको गीतलाई नन्दकृष्णले आफूले रेकर्ड गराएको गलत प्रचार गरेको भन्दै भट्टले कानुनी उपचारमा जाने बताएका हुन् ।

२०४६ सालमा रेडियो नेपालको फुलवारी कार्यक्रममा आफूले ‘पैया गुडनलाग्या’ गीत रेकर्ड गराएको गायक भट्टको भनाई छ । भट्टका बहुचर्चित गीतहरु मध्ये ‘पैया गुडनलाग्या’ सबैभन्दा धेरै रुचाइएको गीत हो ।

प्रकाशित मिति: : 2019-09-29 16:41:45

प्रतिकृया दिनुहोस्