नयाँ दिल्लीमा नेपालीको मेहनत, जो अमेजनको सहकार्यमा सफल कार्गो व्यवसायी बने

युवराज बराल

नयाँ दिल्ली- भारतमा कार्गो व्यवसाय सञ्चालन गर्ने नेपालीहरुको संख्या झन्डै आधा दर्जन छ। प्रख्यात अमेजन कम्पनीसँग सहकार्य गरिरहेको तिनैमध्ये एक कम्पनी हो, बराल लजिस्टिक्स प्रालि। ४ सय जनालाई रोजगारी र भारतका २९ राज्यका ४९ सहरमा ब्राञ्च अफिस विस्तार गर्न सफल यस कम्पनीलाई गुल्मी स्थायी ठेगाना भएका युवराज बरालले म्यानेजिङ डाइरेक्टरका रुपमा हाँकिरहेका छन्।  

भारतीय कार्गो बजारमा कब्जा जमाउँदै गएको बराल लजिटिक्सले रेल, रोड र हवाईजहाजमार्फत सेवा दिँदै आएको छ। हप्तामा सातै दिन, दिनमा चौबीसै घन्टा विभिन्न सिफ्टमा काम हुन्छ। कुनै पनि वस्तु उत्पादन हुने ठाउँबाट ग्राहकको दैलोसम्म भरपर्दो ढंगमा पुर्‍याउने काम गर्दै आएको बराल लजिस्टिक्सले यसलाई ‘डोर टु डोर’ नाम दिएको छ। भारतका विभिन्न सहरमा बराल लजिस्टिक्सका दैनिक ८० वटा गाडीहरु छुट्छन्। तिनले बढी मात्रामा जुत्ता, कपडा र किताब ढुवानी गर्दै आएका छन्। हरेक गाडी जिपिएस र सिसीटिभी क्यामेरा जडान गरिएको छ। उपभोक्ताहरुले आफ्नो सामान कहाँ आइपुग्यो भनेर अनलाइनमार्फत बुझ्न सक्छन्।  

प्रकाशित मिति: : 2019-09-26 15:52:35

प्रतिकृया दिनुहोस्