सानैमा बिहे, पछि छोडपत्र

१९ वर्षमै दुई सन्तानकी आमा बनेकी हुम्लाको सर्केगाडस्थित उनापानीकी बालिका।

सुर्खेत : कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ। कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन्। सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ।

कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ। उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ। अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन्। बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तैपनि, बालविवाह रोकिएको छैन।

प्रकाशित मिति: : 2019-09-26 06:52:33

प्रतिकृया दिनुहोस्