विदेश जाने सपनाले वेश्यालय पुर्‍याइएका चेलीको कथा

तस्बिरः शिलापत्र

१२ वैशाख ०७२ सालको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पले करिब ८ लाख घर तथा अन्य संरचना ध्वस्त पार्‍याे । ९ हजारभन्दा बढी नेपालीको ज्यान लियो । हजारौं घाइते भए । भूकम्पले भौतिक संरचनासँगै कैयौं नेपालीको जीवन सधैंका लागि बदलिदियो । भूकम्पसँगै आइपरेको संकटले नेपाली युवतीहरूको जिन्दगीलाई नराम्रोसँग असर पुर्‍यायाे । 

भूकम्प र त्यसपछि आइपरेको विषम परिस्थितिलाई सामान्य पार्न आफ्नो परिवारलाई सघाउन चाहने युवती मानव तस्करको जालोमा सजिलै जेलिन थाले । प्रविधिको विकाससँगै हातहातमा पुगेको मोबाइल र त्यसमा चलाइने सामाजिक सञ्जालले तस्करहरूलाई अझै सजिलो पारेको थियो । आफ्नो परिस्थितिका कारण निराश बनेका युवती यही सञ्जालबाट चिप्लिएर तस्करको कब्जामा पुग्न थाले ।

प्रकाशित मिति: : 2019-09-25 19:01:12

प्रतिकृया दिनुहोस्