भारत सरकारले जम्मु–काश्मिरमा बन्द ५० हजार मन्दिर पुनः खोल्ने

Agency

भारतको केन्द्र सरकारले जम्मु र काश्मिरमा बन्द रहेको साना र ठूला गरि ५० हजार मन्दिरलाई पुनः खोल्ने तयार गरेको जानकारी दिएको छ।

केन्द्रीय गृह राज्य मन्त्री किशन रेड्डीले सोमबार पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन्।

जुनेली रातमा एक्लै नाँच्ने केटो (भिडियोसहित)

उनले जम्मु र काश्मिरको कठुआ जिल्लामा सुरक्षावलले खान तलासी गर्दा सोमबार करिब ४० किलो बिस्फोटक सामान बरामद गरेको बताएका छन्। सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि तीन महिनाअघि जम्मु र काश्मिरबाट धारा ३ सय ७० को प्रावधान हटाउने निर्णय गरेको थियो।

यसबाट उत्पन्न परिस्थितिका कारण अझै पनि जम्मु र काश्मिरको जनजीवन दुरुस्त हुन सकेको छैन। यी राज्यमा अझैं कफ्र्यु यथावत छ। 

प्रकाशित मिति: : 2019-09-23 15:57:07

प्रतिकृया दिनुहोस्