२२ आयोजनाको लागत १८ खर्ब, आठ वर्षको प्रगति पौने ३ खर्ब खर्च मात्रै !

तस्बिरः काठमाडौंप्रेस

काठमाडौं, असोज ७ :  राष्ट्रिय गौरवका २२ वटा आयोजनामा आठ वर्षमा २ खर्ब ८३ अर्ब ८६ करोड रुपैयाँ मात्रै खर्च भएको छ। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य आयोजनामा छिटो काम सम्पन्न गर्न भन्दै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर बजेट विनियोजन गरेका थिए। पहिलेदेखि नै आयोजना सुरु भएपनि प्राथमिकतामा भने पारिएको थिएन। 

आर्थिक वर्ष २०७५-७६ सम्ममा २२ वटा आयोजन निर्माण सम्पन्न गर्न १८ खर्ब १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। लामो समयसम्म पनि आयोजनको निर्माण प्रगति भने निराशाजनक छ। 

प्रकाशित मिति: : 2019-09-24 23:44:16

प्रतिकृया दिनुहोस्