भिडिओ रिपोर्ट : कस्तो बन्नेछ नागढुंगा-काठमाडौं सुरुङ मार्ग?

तस्बिरः सेतोपाटी

नागढुंगा-काठमाडौं सुरुङ मार्ग निर्माण कार्य अन्तत: अगाडि बढ्ने भएको छ। सोमबार जापानी कम्पनी हाज्मा एन्डो र सरकारबीच निर्माण सम्झौतामा हस्ताक्षर भएको छ। तर जापानी कम्पनीले भने तिहारपछि मात्र काम थाल्ने भएको छ।

२ दशमवल ६८ किलोमिटर लम्बाइको सुरुङ मार्ग निर्माण सम्पन्न गर्न सरकारले कम्पनीलाई ४२ महिनाको समय दिएको छ। सरकारले दसैंअघि नै सुरुङ मार्ग शिलान्यासको तयारी गरिरहेको छ। निर्माण गर्ने कम्पनी टुंगो लागे पनि जग्गाको मुआब्जा विवाद अझै सुल्टिएको छैन।

 

 
प्रकाशित मिति: : 2019-09-24 23:32:32

प्रतिकृया दिनुहोस्