राजपाको अध्यक्ष मण्डलको संयोजकमा पुनः ठाकुर

फाइल तस्बिर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर आएका छन् । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।


चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक बनेका यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आएका हुन् ।

करिब साढे ३ वर्षअघि ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको राजपामा प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा समेत भाग लिएको थियो । प्रदेश नम्बर २ मा सो पार्टीले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा १६ वटा स्थानमा प्रत्यक्ष निर्वाचन जितेको थियो ।

प्रकाशित मिति: : 2019-09-23 15:51:13

प्रतिकृया दिनुहोस्