'मृत्युमार्ग'को रुपमा बदनाम सिद्धबाबा सडक : यात्रुलाई सास्ती, नेतालाई राजनीति गर्ने थलो

तस्बिरः नेपाललाइभ

बुटवल- चालु आर्थिक वर्षको भदौ २७ मा बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै ढुंगासहितको पहिरोमा २ वटा गाडी पुरिए। उक्त दुर्घटनामा १ जनाको मृत्यु भयो भने ४ घाइते भए। बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा हुँदै ठूलासाना गरी दैनिक २ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गर्दछन्। यस खण्डमा ७ वर्षको अवधिमा भएका ३८ दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो सडकखण्डको करीब ५ किलोमिटर दूरीमा पहिरो र ढुङ्गाले च्यापेर वर्षेनी औषतमा ३ देखि ४ जनाले ज्यान गुमाउने गर्दछन्। आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१‍/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, २०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना र २०७५/०७६ मा ३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: : 2019-09-23 12:53:58

प्रतिकृया दिनुहोस्