साझा युवा संगठनको केन्द्रीय समिति घोषणा

बिएल

अब्दुस मियाको संयोजकत्व र प्रिया सिग्देलको सहसंयोजकत्वमा साझा युवा संगठनको २२ सदस्यीय  केन्द्रीय  समिति घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रमबाट साझा युवा संगठनको २२ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

सदस्यहरुमा मनोज पहारी, जितेन्द्र खतिवडा, प्रकृति पहारी, शिबराज बेल्बासे, सरोज नेपाल, रोहित चन्द, आर्जु लोहनी, सौज्जन डि।सी।, प्रशान्त विक्रम सापकोटा, जिनत राई, लक्ष्मी घिमिरे, पदमबहादुर मगर, प्रेक्षा शाक्य, प्रकाश आचार्य, सस्मित पोख्रेल, रामकुमार यादव, टंकप्रसाद जैसी, सुवास खत्री र वर्षा रिसाल रहेका छन् ।

कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र अन्य प्रमुख दलका युवा संगठनका केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो ।

उक्त घोषणा सभामा शुभकामना दिदैं साझा पार्टीका संयोजक रविन्द्र मिश्रले युवाहरुले मात्र राजनितिलाई बदल्न सक्ने बताए । उक्त कार्यक्रममा नेकपा निकट राष्ट्रिय युवा संघका अध्यक्ष राम प्रसाद सापकोटाले भने, ‘साझा युवा सङ्गठनले छिटोछिटो राजनितिलाइ बदलोस् होइन भने राजनितिले तपाईहरुलाई बदल्छ ।’

यसैगरी कार्यक्रममा तरुण दलका उपाध्यक्ष उत्तमबाबु चापागाईले लोकतान्त्रिक युवा सङ्गठनहरुको मुद्दामा आधारित एकताको खाँचो रहेको बताए। कार्यक्रममा समाजवादी युवा संघका महासचिव जितेन्द्र महरा, साझा पार्टीकी केन्द्रिय सदस्य समीक्षा बास्कोटा लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति: : 2019-09-23 12:08:01

प्रतिकृया दिनुहोस्