सर्वोच्च अदालतमा मेरो जामाको लम्बाइ किन नाप्ने?

दुर्गा कार्की।

प्रधानन्यायाधीशज्यू,

आज संविधान दिवसको अवसरमा न्यायक्षेत्रमा योगदान पुर्‍याएबापत् सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट सम्मानित हुनुभएकोमा तपाईंलाई धेरै बधाई। यो खुशीको घडीमा म भने एउटा गुनासो पढ्ने प्रस्ताव राख्दैछु। तपाईंले यो पत्र पढ्न नछूटाउनुहोला। त्यसै त अदालत त्यसमाथि सर्वोच्च अदालतकै परिसरमा जन्मेका गुनासाहरू सुन्ने वैधानिक अभिभावक तपाईँ नै हो!

सुरूमा एउटा अलिक पुरानो कुराबाट थालौं, जो भोग्नेबाहेक अरू धेरैका लागि कथा जस्तै भइसकेको छ। कुरा २०७१ साल चैत १२ गते बिहिबारको हो। बिहान दशै बजेतिर काठमाडौँ जिल्ला अदालतको गेटमा 'रमिता' हेर्नेको भीड लाग्यो।

प्रकाशित मिति: : 2019-09-20 16:03:12

प्रतिकृया दिनुहोस्