‘संविधानको प्रयोग गरेर सत्तामा पुगेकाले संविधान दिवसको विरोध गर्नु हास्यास्पद’

तस्बिरः रातोपाटी

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ । सोही अनुसार राज्य सञ्चालन भएको पनि दुई वर्ष हुँदैछ । तर संविधानसभाले बनाएको संविधान सर्वस्वीकार्य भने बनेको छैन । संविधानलाई मुलुकको ठूलो हिस्साले समर्थन गर्दागर्दै पनि यसमा विमति जनाउने र संशोधनको माग गर्ने एउटा ठूलो र बलियो जनमत मुलुकमा विद्यमान छ । सैद्धान्तिक रुपमा र बोलीमा प्रायशः सबै राजनीतिक दलहरु त्यो संशोधन हुनुपर्ने पक्षमा नै देखिन्छ तर  संविधानमा विमति जनाएका राजनीतिक दल तथा समुदायको मागको सम्बोधन अर्थात् त्यसअनुसार संविधान संशोधन हुन भने सकेको छैन ।

त्यसैको नतिजा हो– संविधान निर्माण भएका दिन (असोज ३ गते) लाई एकाथरिले दिपावली मनाएर हर्षोल्लास गर्ने र अर्कोथरिले चाहिँ कालो दिनको रुपमा विरोध गरेर मनाउने कुराले चौथो वर्षमा पनि निरन्तरता पाएको छ । यिनै प्रश्नहरुके सेरोफेरोमा केन्द्रीत रहेर संविधान दिवसको अवसरमा तत्कालीन संविधान मस्यौदा समितिका सभापति एवम् काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग रातोपाटीका लागि लोकेन्द्र भट्टले गरेको संक्षिप्त कुराकानी :

 
प्रकाशित मिति: : 2019-09-20 07:26:20

प्रतिकृया दिनुहोस्