सुनैनाको मिथिला चित्रयात्रा : जसलाई घुम्टोले छेकेन, घरको दिवारले रोकेन

तस्बिरः नेपाललाइभ

जनकपुर- सानो हुँदा आमा, हजुरआमाले चित्र कोर्ने गरेको उनी खुब ध्यान दिएर हेर्थिन्। माटोको घरको भित्तामा बनाइएका मान्छे, हात्ती, चरा, फूलका चित्रले सधैं आकर्षित गर्थ्यो त्यही आकर्षणले उनलाई पनि मिथिला संस्कृतिसँग जोडिएको चित्रकला कोर्न रुचि बढ्यो।
 
यही रुचिले उनी १३ वर्षको हुँदै चित्र सिकाइदिने गुरुको खोजीमा घरबाट हिँडेकी थिइन्। गाउँघरमा बनाइने माटाका हात्तीघोडा, कपडाका बेहुलाबेहुली र हाँसमयूरलाई सानै उमेरमा कागजमा उतारी साथीसंगातीदेखि गुरुसम्मलाई देखाउँथिन्। ती चित्रबाट स्याबासी पाउँदा उनी फुरुंग हुन्थिन्। 

प्रकाशित मिति: : 2019-09-20 07:20:31

प्रतिकृया दिनुहोस्