घातक स्क्रब टाइफस : २५सय संक्रमित, १६ को मृत्यु

तस्बिरः एजेन्सी

काठमाडौं । डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा २ हजार ३ सय २३ जनालाई संक्रमण भएको छ ।

सन् २०१७ मा ६ सय ७०, सन् २०१८ मा १ हजार ९८ र सन् २०१९ मा ५ सय ५५ जनालाई संक्रमण भएको हो । यस्तै, महाशाखाका अनुसार तीन वर्षको अवधिमा १६ जनाको मृत्यु भएको छ । स्क्रवटाइफसका बिरामी ६३ जिल्लामा भेटिएका छन् । महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरुवा रोग व्यवस्थापनअन्तर्गत अभिमुखीकरण तालिमलगायतमा केन्द्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले भने, ‘परीक्षणका लागि बर्सेनि १० हजार कीट उपलब्ध हुन्छ । समयमा रोग पत्ता लगाउन सकिए यो पूर्ण रूपमा निको हुन्छ ।’

प्रकाशित मिति: : 2019-09-20 07:14:07

प्रतिकृया दिनुहोस्