चाडपर्वमा पनि खल्ती रित्तै हुने पिरलोमा उखु किसान, सरकारले पनि दिएन एक अर्ब

तस्बिरः नेपाल न्यूज

चिनी उद्योगीबाट भुक्तानी नपाएर सधैं पीडा खेपिरहेका उखु किसानलाई सरकारले समेत अनुदानमा कन्जुस्याइँ गरेको छ। उखु क्रसिङ सकिएको साढे चार महिनाभन्दा धेरै समय हुँदा पनि सरकारले किसानलाई दिनुपर्ने १ अर्ब रुपैयाँ अनुदान दिएको छैन।

अनुदान रकम नपाउँदा नजिकिँदै गरेको चाडपर्वसमेत खल्लो होला कि भन्ने चिन्तामा किसान छन्। उखुको मूल्य तोक्दै चिनी उद्योगीबाट क्रसिङ सकिएको ४५ दिनभित्र भुक्तानी दिने सहमति गराएको सरकार आफैंले भने साढे चार महिनासम्म अनुदान रकम भुक्तानी गरेको छैन। गत वैशाख १५ गतेदेखि उखु क्रसिङ सकिएर सम्पूर्ण चिनी मिल बन्द भइसकेका छन्। ‘हामीले जेठ–असारभित्र त सरकारको अनुदान पाउँछौं होला भन्ने सोचेका थियौं,’ उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपालन्युजसँग भने, ‘अहिलेसम्म पाउन सकिएको छैन।’

प्रकाशित मिति: : 2019-09-18 08:04:33

प्रतिकृया दिनुहोस्