‘सबैको बुढी म’ : त्यो ज्यानमारा फेसबूक आईडी !

काठमाडौं – ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० लालबहादुर कार्की गत असारमा हँसियामा धार लगाउन नजिकैको आरनमा गएका थिए ।

लालबहादुरकी पत्नी नन्दकुमारी कार्की घाँस काट्न बारीतर्फ गएकी थिइन् । लालबहादुर काम सकेर साँझ साढे ५ बजे घर फर्किए । 

घरभित्र छिर्न लाग्दा देखिएको दृश्यले उनको होस उड्यो । एकछिन उनी बेहोसजस्तै भए तर उनले सम्हालिनुपर्ने थियो ।

किशोरावस्थाकी छोरी घरको भूइँतलामा प्लास्टिकको डोरीले पासो लगाएको दृश्य उनले अपर्झट देखे । उनका लागि त्यो क्षण अकल्पनीय थियो । उनले केही बुझ्न सकेनन् ।

लालबहादुरले प्रहरीलाई खबर गरे । प्रहरी आएपछि उनको पासो खोलियो । प्रहरीले खोजतलास गर्दा उनको साथमा एउटा ‘सुसाइड नोट’ भेटियो ।

प्रकाशित मिति: : 2019-09-18 07:36:47

प्रतिकृया दिनुहोस्