स्मार्ट लाइसेन्स लाखौँ, तर जाँच मेसिन जम्मा एउटा

तस्बिरः एजेन्सी

हालसम्म १६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण भइसकेपनि ट्राफिक प्रहरीसँग त्यसको जाँच गर्ने मेसिन एउटामात्र छ।

यातायात व्यवस्था विभागले मेसिनले पढ्न सक्ने स्मार्ट लाइसेन्स बाँड्ने कामलाई तीव्रता दिएपनि कार्ड पढ्न सक्ने मेसिन नहुँदा परीक्षण र अनुगमनमा समस्या परेको अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीको ट्राफिक निर्देशनालयका प्रमुख डिआईजी दिपककुमार थापा भन्छन्: "चालकले बोकेको अनुमतिपत्र सक्कली कि नक्कली भन्ने छुट्याउन गाह्रो भएको छ।"

तर विभागका अधिकारीहरू भने यसै वर्ष सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्ने बताउँछन्।

प्रकाशित मिति: : 2019-09-16 18:47:43

प्रतिकृया दिनुहोस्