साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प

रातोपाटी संवाददाता

साधारण रोयल साइकल । त्यसमा न गियर छ, न डिस ब्रेक । त्यही साइकल चढेर रञ्जित साहले पूरा गरे सगरमाथा बेस क्याम्पसम्मको यात्रा ।३१ वर्षीय रञ्जित साहले जनकपुरबाट सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ दिनमै पूरा गरेका हुन् ।

भदौ ९ गते यात्रामा निस्किनुभन्दा पहिले उनी जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए । त्यो थाहा पाएर जनकपुरका केही युवाहरू उनलाई बिदाइ गर्न मन्दिर परिसरमा भेला भए । दुई चारजना युवाले माला लगाएर उनलाई विश्वको सबभन्दा अग्लो सगरमाथाको बेस क्याम्पका लागि बिदाइ गरे ।

प्रकाशित मिति: : 2019-09-16 15:07:06

प्रतिकृया दिनुहोस्