अस्पताल छ, डाक्टर छन्, औषधी छैनन्

औषधीबिहिन जिल्ला अस्पताल जाजरकोटको फार्मेसी। तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : सरकारले निस्शुल्क उपलब्ध गराउने सामान्य औषधी पनि जाजरकोटका अस्पतालमा पाइँदैनन्। जसको कारण जिल्ला अस्पताल जाजरकोटमा लामो समयदेखि उपचारमा समस्या भइरहेको छ। 

दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका विरामी बढिरहेका छन्। तर, यहाँ औषधीको चरम अभाव छ। अस्पतालले नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि औषधी खरिद गरेको छैन। 

प्रकाशित मिति: : 2019-09-16 13:48:17

प्रतिकृया दिनुहोस्