'बिहेपछि श्रीमतीको अनुहार देख्नै चार दिन कुर्नुपर्‍यो'

तस्बिरः सेतोपाटी

मेरो बिहे भएको ८२ वर्ष भयो। यति लामो समयको जीवनसाथीसँग लगनगाँठो कसरी जोडिएको थियो भन्ने सायद हिजोआजका पुस्तालाई पत्याउन गाह्रो पर्छ।१७ वर्ष पूरा भएर १८ मा टेकेकै बेला मेरो बिहे भएको थियो। त्यति बेला मेरी श्रीमती अर्थात् राधा पात्रवंश केवल १४ वर्षकी थिइन्। पात्रवंशहरूले हिजोआज सजिलोका लागि श्रेष्ठ नै लेख्न थालेकाले अहिले यो थर उति सुनिँदैन।

१९९४ साल, फागुन महिनामा हाम्रो बिहे भएको थियो। ससुराली पाटनकै कृष्णमन्दिर पछाडि अर्थात् मेरो घरनजिकै थियो। तै पनि मैले मेरी श्रीमतीलाई बिहे अगाडि कहिल्यै देखेको थिइनँ। देख्नु त परको कुरा, उनका बारे कुनै जानकारीसम्म पनि पाएको थिइनँ। आमाबुबाले नै सबैथोक गरिदिनुभएको हो। त्यो समयमा 'केटीले काम जानेको छ' भनेपछि कुरा पुगिहाल्थ्यो। सुरूमा त म बिहे नै गर्दिनँ भनेर अडेको थिएँ। दरबार हाइस्कुलमा पढिरहेको थिएँ। एसएलसी पास पनि भएको थिइनँ। जतिसुकै बिहे गर्दिनँ भने पनि आफ्नो अडान लामो समय कायम राख्न सकिनँ।

प्रकाशित मिति: : 2019-09-16 07:32:55

प्रतिकृया दिनुहोस्