कछुवा गतिमा गौरवका आयोजना

देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने अधिकांश आयोजनाको प्रगति ५०% भन्दा कम

सबैभन्दा राम्रो प्रगति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा
सन् २०१४ मा थालिएको यो आयोजना २०१७ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, पछिल्लो संशोधित अनुमानअनुसार सन् २०१९ भित्रमा सम्पन्न गरिनेछ । सुरुमा ६ अर्ब २२ करोड खर्च हुने अनुमान गरिएको थियो । पछि अनुमानित बजेट ६ अर्ब ८२ करोड पुर्‍याइएको छ । अहिलेसम्म विमानस्थलको समष्टिगत भौतिक प्रगति ७४ प्रतिशत छ भने तीन अर्ब ६२ करोड खर्च भइसकेको छ । गौरवको आयोजनामध्ये सबैभन्दा राम्रो प्रगति भएको यही आयोजनालाई मानिन्छ ।

फास्ट ट्रयाक : १२ वर्षमा आठ प्रतिशत मात्र काम, अब साढे तीन वर्षमा सक्ने सेनाको दाबी
०६४/६५ देखि थालिएको ७२ दशमलव ५ किमि लम्बाइको फास्ट ट्रयाक निर्माणको जिम्मा ०७४ देखि सेनालाई दिइएको छ । अहिलेसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ । तर, सरकारले केही समयअघि मात्रै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पारित गरेको छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने सेनाले जनाएको छ । आयोजनाको अहिलेको कार्य प्रगति भने आठ प्रतिशत मात्रै छ । फास्ट ट्रयाक निर्माणमा दुई खर्ब ७५ करोड लाग्ने डिपिआरमा उल्लेख छ । 

प्रकाशित मिति: : 2019-09-16 07:17:53

प्रतिकृया दिनुहोस्