कम उमेरमै उच्च पद

जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ ।

युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् । त्यही युवालाई प्रतिनिधित्व गर्ने एक युवती हुन्– रस्मी पन्त । जो अहिले प्रभु बैंकको ‘चिफ कर्पोरेट प्लानिङ अफिसर’ को पदीय जिम्मेवारीमा छिन् । ३१ वर्षीय पन्त तीन वर्ष अघि नै प्रभु बैंकको मानव संशासन विभाग प्रमुख (एचआर हेड) भैसकेकी हुन् ।

प्रकाशित मिति: : 2019-09-15 19:16:32

प्रतिकृया दिनुहोस्