प्राधिकरणको नेतृत्वमा कुलमानको तीन वर्षः के भए, के बाँकी छन् ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्बिरः अनलाइनखबर

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भएको ३ वर्ष पुरा भएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको रोजाइमा नियुक्त भएका कुलमानको अगुवाईमा एक वर्षभित्रै नै देश १८ घण्टासम्मको काहालीलाग्दो लोडसेडिङको मारबाट मुक्त भएको थियो ।

‘उर्जा क्षेत्रमा जुन उपलब्धी हासिल गर्छु भनेर आएको थिएँ, त्यो प्राप्त नै भएको जस्तो लाग्छ , तर पनि आन्तरिक बिजुली उत्पादन जसरी बढाउँछु भन्ने थियो, त्यो काममा केही ढिलाई हुन पुगेकै छ,’ उनले भने,’तर अब एक वर्षमा त्यो काम पनि पुरा हुँदैछ ।’

प्रकाशित मिति: : 2019-09-15 10:40:50

प्रतिकृया दिनुहोस्