अनि राईलाई काेरिया फर्किन मन नै लागेन

त्रियुगा (उदयपुर)– दक्षिण कोरियाको आकर्षक कमाई त्यागेर उदयपुरका एक युवा स्वदेशमै व्यवसायिक बंगुर पालनमा होमिएका छन्। ५ वर्षअघि इपिएस परीक्षा उत्तीर्ण गरेर कोरिया छिरेका जिल्लाको लिमचुङबुङ गाउँपालिका–३ बाराहा पाप्रेका ३० वर्षीय श्याम राई कोरियाबाट फर्केर ५ महिनायता आफ्नै भूमिमा व्यवसायिक बंगुर पालनमा लागेका हुन्।

०६९ मा कोरिया छिरेका उनको सुरु तलब १ लाख रुपैयाँ थियो भने ०७५ असोजमा अन्तिम छुट्टीमा फर्कने बेलासम्म मासिक ३ लाख थाप्थे। कमाई आकर्षक हुँदाहुँदै पनि जन्मभूमिको मायाले बेलाबेलामा चिमोटिरहने गरेकाले स्वदेशमै ‘केही गर्ने’ लक्ष्य लिएर घर फर्केको उनी बताउँछन्। अहिले कोरियाको कमाई बंगुर फार्ममै लगानी गरेर त्यसैमा रम्न थालेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका ३ हात्तीमारामा खोलेको ‘त्रियुगा बंगुर फार्म’ मा हाल उनको दिनचर्या रम्ने गर्छ। गत बैशाखदेखि सञ्चालनमा आएको फार्ममा अहिले डेढ सय हाराहारी विभिन्न जातका बंगुर छन्। स्थानीय कालो पुँढी सुंगुरदेखि रातो खैरो हाईब्रीड (बर्ण शंकर) प्रजातिका अमेरिकन ल्यान्जरस र ह्यामसायर लण्डन नश्लका बंगुरहरु उनको फार्ममा बग्रेल्ती हुर्किरहेका छन्।

प्रकाशित मिति: : 2019-09-14 19:21:21

प्रतिकृया दिनुहोस्