ठेकेदारबाट खरिद ऐनको उल्लंघन, १ वर्षमा ५० कम्पनी कालोसूचीमा

काठमाडौं – सार्वजनिक खरिद ऐन उल्लंघन गर्ने ५० वटा ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन उल्लंघन गर्ने बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता एवं निर्माण व्यवसायी गरी १ वर्षको अवधिमा ५० कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । 

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयको कालोसूचीमा पर्ने ठेकेदार कम्पनी काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित खेमतारा कन्स्ट्रक्सन कम्पनीलाई गत जुलाईदेखि सन् २०२१ जुलाईसम्म अन्य ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको खरिद अनुमगन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: : 2019-09-13 18:57:37

प्रतिकृया दिनुहोस्