फेरि नाकाबन्दी भए नेपाल-भारत पाइपलाइनबाट तेल आयात हुन्छ कि हुँदैन

सन् २०१५ मा नेपालले नयाँ संविधान जारी गरेका बखत चार वर्षअघि भारतले अघोषित रूपमा नाकाबन्दी लगाउँदा त्यसको सबैभन्दा धेरै असर इन्धन आयातमा परेकाले पनि धेरैमा पाइपलाइनबाट हुने आपूर्तिबारे चासो उत्पन्न भएको हो। भारतले भने आफ्नो कारणबाट नाकाबन्दी भएको स्वीकार गरेको छैन।

गत मङ्गलवार भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डूबाट रिमोट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका थिए।

प्रकाशित मिति: : 2019-09-13 18:53:39

प्रतिकृया दिनुहोस्