जेलमा रहेका गुन्डा नाइकेसँग गृह मन्त्रीका भाइको कनेक्सन : फिरौती र धम्कीको धन्दा

काठमाडौं : हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा यतिखेर प्रहरी नियन्त्रणमा छन्। थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो। थापासहित अन्य ८ जनालाई बुधवार अदालतमा उपस्थित गराएर ३ जनाको बयान लिइएको छ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा मुछिएका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोग थापामाथि लगाइएको छ। बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन्। २०७४ असोज २३ गते बानेश्वरमा अध्यक्ष गौचनलाई गोली हानिएको थियो। हत्याको अभियोगमा तीन महिनापछि मुख्य योजनाकार भनिएका समीरमान पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2019-09-13 18:25:56

प्रतिकृया दिनुहोस्