सरकारी जग्गा कांग्रेस नेताको नाममा, मालपोतका कागजात गायब

तस्बिरः लाेकान्तर

बुटवल – रूपन्देहीको सियारी गाउँपालिकाको करोडौं रूपैयाँ मूल्य बराबरको जग्गा भूमाफियाले कब्जा गरेका छन् । 

सियारी गाउँपालिका–१ (साविक चिल्हिया गाविस) को कित्ता नम्बर ४५ को ४ बिगाहा ९ कट्ठा ६ धुर जग्गा भूमाफियाले कब्जा गरी व्यक्तिको नाममा बनाएका छन् । 

साढे चार बिगाहा जग्गा रूपन्देहीको देवदह–१ (साविक केरवानी गाविस–२) ढेकवारका विशाल तामाङको नाममा लालपूर्जा बनेको छ । 

सरकारी स्रेस्ताको जग्गामा कसरी व्यक्तिको नामको लालपूर्जा बन्यो भन्ने प्रमाण मालपोत कार्यालयबाटै ‘गायब’ पारिएको छ । साबिकको चिलिया गाविस–९ सोनारेट गाउ“ अहिलेको सियारी गाउ“पालिका–१ मा पर्छ । जग्गा स्थानीय चिलिया माविले २०३५ सालदेखि प्रयोग गर्दै आएको थियो ।

 

प्रकाशित मिति: : 2019-09-13 11:06:30

प्रतिकृया दिनुहोस्