किन विवादमा पर्‍यो ‘इन्डो-प्यासिफिक स्ट्राटेजी?´

‘प्रचण्डले किन बोले भन्दा पनि, नेपाल–अमेरिका सम्बन्ध चीनको विज्ञप्तिमा कसरी पर्यो भन्नेमा अमेरिकाको चासो हो’ – पूर्व परराष्ट्रसचिव मधुरमण आचार्य

‘प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले बोलिसकेको कुरा प्रचण्डजीले दोहोर्‍याउँदा विवादमा आउनु नपर्ने हो। अमेरिका चीनको विज्ञप्तिमा समेटिएका कुन शब्दमा सशंकीत भएको हो बुझ्नु पर्छ’ – पूर्व राजदूत दिनेश भट्टराई

‘इन्डो प्यासिफिक वा बिआरआई वा अरु कुनै विषयमा पनि म स्पष्ट पार्न चाहन्छु की स्वतन्त्र मुलुकको हैसियतमा हामी छिमेकी मित्रराष्टहरु र अरु मित्र राष्टहरुसित आपसी हितबारे सचेत भएरै व्यवहार गर्दै आएका छौं। हाम्रा पूर्ववत मान्यताहरुमा कुनै पनि प्रकारको विचलन आएको छैन’– सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा

नेपालमा पछिल्लो नौ महिनामा ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कुनै न कुनै रुपमा विवादमा तानिएको छ। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले स्पष्ट पारिसकेका छन्, तै पनि विवाद निस्किहाल्छ।

प्रकाशित मिति: : 2019-09-12 22:40:28

प्रतिकृया दिनुहोस्