पहाड चढ्‍दै सिके राउत

काठमाडौं : स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत संगठन निर्माण गर्न पहाड चढेका छन्। गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति परित्याग गरेका राउतले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि उनले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्। 

आयोगमा दल दर्तासँगै पार्टीको संगठनमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्।  १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ। 

प्रकाशित मिति: : 2019-09-12 19:59:37

प्रतिकृया दिनुहोस्