आर्थिक वृद्धिदर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पुर्‍याउने सञ्चारमन्त्रीको दाबी

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन्।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा शनिबार धुलिखेलमा आयोजित ’‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीमा उनले वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताए । “केही साताअघि भएको सात दशमलव एकको वृद्धिदर अहिले सात दशमलव पाँच प्रतिशत कायम भएको छ,”मन्त्री बाँस्कोटाले भने, ''आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पु¥याइने लक्ष्य छ ''।

मन्त्री बाँस्कोटाले सङ्घीयता नेपाली मौलिकता अनुरुपको भएको चर्चा गर्दै अन्यत्रजस्तो छुट्टिने अधिकारसहितको सङ्घीयता नभएको बताए । उनले भने, “संविधानले कुनै पनि सरकारलाई अल्मल्याउने गरी अधिकार दिएको छैन, साझा र एकल अधिकार तोकेर तीनै तहका सरकारलाई गतिशील बनाउने गरी दिइएको छ ।”

मन्त्री बाँस्कोटाले संविधानले निर्दिष्ट गरेका सबै कानूनहरु नबनेकाले आफूलाई चाहिने सबैखाले संविधानप्रदत्त कानून बनाएर प्रयोगमा ल्याउन आग्रह गरे।

 

प्रकाशित मिति: : 2019-09-21 18:27:53

प्रतिकृया दिनुहोस्