सिंगापुरको फरेन्सिक एक्सपर्ट टोलीको प्रारम्भिक अध्ययनबाट खुलेन एटिएम ह्याकको वास्तविकता

पक्राउ परेका चिनियाँ ह्याकर।

काठमाडौं- एटिएम ह्याकका विषयमा अध्ययन गर्न नेपाल आएको सिंगापुरको फरेन्सिक एक्सपर्ट टोलीले सो विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ।

अध्ययन टोलीले राष्ट्र बैंकलाई सो घटनासम्बन्धी अध्ययनको प्रारम्भिक जानकारी दिए पनि त्यसबाट घटनाको वास्तविकता नखुलेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले उक्त अध्ययन टोलीले राष्ट्र बैंकलाई बुझाएको प्रारम्भिक अध्ययनको रिपोर्टले पनि वास्तविक समस्या कहाँ थियो भन्ने पहिल्याउन नसकेको जानकारी दिए। 

निरौलाका अनुसार उक्त अध्ययन टोलीले एटिएम ह्याकको फरेन्सिक अध्ययन सम्बन्धी पूर्ण रिपोर्ट ३ महिनाभित्र बुझाइसक्नेछ। फरेन्सिक टोलीले ह्याकरहरुले पैसा चोरी गर्न प्रयोग गरेका सामाग्रीहरुको विस्तृत अध्ययन गर्नेछ भने नेप्स र भिजा प्रणालीमा भएको साइबर हमलासम्बन्धी कमजोरी पनि पत्ता लगाउनेछ।

प्रकाशित मिति: : 2019-09-12 08:09:40

प्रतिकृया दिनुहोस्