प्रधानमन्त्रीको उपचार गर्ने दुई डाक्टरलाई पदक, सूचिमा विदेशी पनि

प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह ।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुन लागेकामा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरका डाक्टर अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमारको नाम सुप्रसिद्ध जनसेवा श्रीबाट विभूषित हुनेको सूचीमा छ ।

दिल्लीस्थित इन्ष्टिच्युट अफ एण्डल्ट रिसन्स्ट्रक्सन, स्पोर्टस इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका अध्यक्ष डा.राजीव कुमार शर्मा र एपोलो अस्पतालका प्रमुख डा.हर्ष दुवा पनि सोही पदकबाट हुँदैछन् । त्यस्तै, अस्ट्रेलियाको मेलवर्नका डाक्टर डेभिड फ्रान्सिस पनि विभूषित गरिँदै छ ।

प्रकाशित मिति: : 2019-09-20 12:44:08

प्रतिकृया दिनुहोस्