प्रधानमन्त्रीद्वारा संविधान दिवसकाे शुभकामना, सबै नागरिकलाई बिना भेदभाव स्वतन्त्रता सुननिश्चित गरेको दाबी

प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले जनताको आशालाई जगाएको उल्लेख गरेका छन् ।

उनले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2019-09-20 08:40:20

प्रतिकृया दिनुहोस्