धरौटीमा छुटे लगत्तै विप्लव परित्याग

Agency

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प) ले बिहीबार पार्टी परित्याग गरेका छन्।

मोरङको केराबारी घर भएका राई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले माग गरेको चार हजार रुपैयाँ धरौटी रकम बुझाएर छुटेका हुन्। धरौटीमा छुटे लगत्तै विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूले ‘विप्लव’ समूह परित्याग गरेको घोषणा गरे।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

सिद्धान्त ठीक भए पनि पार्टीका नेता कार्यकर्ताको व्यवहार गलत भएपछि परित्याग गरेर आफू स्वतन्त्र नागरिक भएर बस्न चाहेको उनले बताए। ‘पार्टी नेतृत्वमा समस्या देखिएपछि असन्तुष्टि जनाएर छाडेको हुँ,’ राईले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले सन्तुष्ट बन्न सकिएन।’

२०६३ सालदेखि तत्कालिन माओवादीमा संलग्न उनी पार्टी विभाजनसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि ‘विप्लव’ नेतृत्वको नेकपामा लागेका थिए। उनलाई असार ९ मा केराबारीबाट प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीमा हातहतियार खरखजना र संगठित अपराधसम्बन्धी मुद्दा चलाएको थियो।

अदालतले भदौ २४ मा साधारण तारेखमा छाड्न आदेश दियो। लगत्तै प्रहरीले विभिन्न ठाउँमा भएका बम विष्फोटका घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो। जिल्ला अदालत मोरङले २६ मा साधारण तारेखमा छोड्न आदेश दिए पनि उनलाई पुनः प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।

प्रशासनले चार हजार धरौटीमा उनलाई छाड्न बिहीबार आदेश दिएको हो।

प्रकाशित मिति: : 2019-09-19 19:30:26

प्रतिकृया दिनुहोस्